लागु औषधसहित एक जना पक्राउ

वीरगञ्ज । लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–६ बस्ने ३८ वर्षीय जीबहादुर कार्की रहेका छन् ।
उनको साथबाट लागु औषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिस फेला परेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज–१३ राधेमाई टोल बस्दै आएका कार्कीलाई कोठाबाटै पक्राउ गरिएको हो । उनको कोठाबाट विनरेक्स ७२ बोत्तल र नाईट्राभेट ट्याब्लेट १ सय ५ पिस बरामद भएको जनाएको छ ।