हेटौंडाकी कोरोना संक्रमित महिलाको प्लाज्मा थेरापीबाट उपचार

चितवन । हेटौंडा–११ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ ।
कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार चितवनमै पहिलो पटक भरतपुरस्थित चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापी विधीबाट उपचार शुरु गरिएको छ ।
स्वास्थ्यमा समस्या भएपछि महिला भदौ ११ गते अस्पताल भर्ना भएकी थिईन् । उनमा भदौ १२ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।
डा.लम्साल र डा. शितल अधिकारीको टिमले संक्रमित महिलामा प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको छ ।