कोरोनाका कारण थप ११ जनाको मृत्यु, मृतकको संख्या ३ सय पुग्यो

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १६:४७
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११ जनाको मृत्यु भएसँगै मृत्यु संख्या ३ सय पुगेको हो ।

हालसम्म एकै दिन अहिलसम्मकै धेरै १४ जनाको मृत्यु भएको छ भने पछिल्लो दिनमा मृत्युदर बढेर ०.६४ प्रतिशत छ ।
सोमवार ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागश्वर गौतमले संक्रमित संख्या ४७ हजार २ सय ३६ पुगेको बताए।

३० हजार ६ सय ७७ जनालाई हालसम्म संक्रमण निको भएको छ । १६ हजार २५९ संक्रिय संक्रमित छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*