किलियान एम्बाप्पेमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियान एम्बाप्पेमा कोरोना संक्रमण पुष्टि भएको छ । लक्षणविहीन रहेका उनले राष्ट्रिय टोलीलाई छाडेका छन् र युईएफए नेसन्स लिगमा मंगलबार पेरिसमा हुने क्रोएसियाविरुद्धको खेल खेल्ने छैनन् ।
शनिबार स्वीडेनविरुद्धको खेलमा भने उनले सहभागिता जनाएका थिए । उक्त खेलमा उनको एक मात्र गोलको मद्दतले फ्रान्स १–० ले विजयी बनेको थियो । सन् २०१८ को विश्वकप फाइनलको ‘रिप्ले’ मा भने उनले खेल्न नपाउने भएका छन् ।
नेयमार, माकिन्होस, केयलर नाभास, एन्जेल डि मारिया, माउरो इकार्डी र लेनार्डो पारेडेसमा यसअघि नै संक्रमण पुष्टि भइसकेको छ ।