स्वाब संकलन गर्न जाँदै गरेका स्वास्थ्यकर्मीमाथि कुटपिट

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १४:२७
;

बैतडी । पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न जाँदै गरेका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । बैतडीको सिगास गाउँपालिका–३ को आधारभूत स्वास्थ्य केन्द्र बल्लेखानमा कार्यरत अहेव एवं ल्याब टेक्निसियन भूपेन्द्र बोहरामाथि कुटपिट भएको हो ।

सोमबार साँझ उनीमाथि स्थानीय भानसिंह बोहराले कुटपिट गरेका हुन् । मदिरा सेवन गरेका युवकले कुटपिट गदाइ उनको हातखुट्टा र घाँटीमा चोट लागेको छ ।

बोहरालाई चौकीमा झिकाइसकिएको र अहेव बोहराले जाहेरी दिएपछि कारबाही थालिने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*