रियाले बयान फेर्दै पहिलो पटक स्विकारिन् लागुऔषधको प्रयोग

काठमाडौं । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रिया चक्रवर्तीसँग आज लगातार तेस्रो दिन सोधपुछ गरिरहेको छ ।
रियालाई आज ड्रग्सको मामिलामा दिल्लीबाट आएको एसआइटी समूहले सोधपुछ गर्दैछ । उनी आज पक्राउ पर्नसक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
रिया चक्रवर्तीको घरबाट एनसीबीले लगेका विद्युतीय उपकरणले उनीबारे निकै ठूलो खुलासा गरेको छ । अनुसन्धानमा बताइए अनुसार सन् २०१७–२०१८–२०१९ मा रियाको ड्रग्स मण्डली निकै सक्रिय थिए । अनुसन्धान एजेन्सीले घरबाट लगेको विद्युतीय उपकरणमा ड्रग्सको मण्डलीसँग जोडिएका तस्बिर, भिडियो, ह्वाट्सएप च्याट, एसएमएस बरामद गरेको छ ।
यसका साथै, रियाले सोधपुछको तेस्रो दिन आफूले ड्रग्स लिने गरेको कुरा स्विकारेकी छिन् ।