बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ, मेडिकल जाँच समेत हुने

काठमाडौं । बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)को टोलीले उालाई मंगलबार पक्राउ गरेको भारतीय टिभी जी न्युजले जनाएको छ ।
जी न्युजका अनुसार उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो । सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको जनाएको छ ।
चक्रवर्तीको आजै मेडिकल जाँच समेत हुने छ ।