चन्द्रनिगाहपुरका डिएसपीसहित २० प्रहरीमा कोरोना पुष्टि

रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी नायक उपरीक्षक (डिएसपी) सहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक हेम बहादुर शाही सहित २० जनामा संक्रमण देखिएको हो ।
संक्रमण जोखिम बढेसँगै फ्रन्ट लाइनमा खटिएका प्रहरी सुरक्षाकर्मीहरुको बुधबार आएको पिसिआर रिर्पोटको नतिजामा डिएसपी शाहीसहित २० जनामा संक्रमण देखिएको हो ।
आफु लगायत दुई प्रहरी अधिकृत सहित यति ठुलो संख्यामा प्रहरीलाई एकै पटक संक्रमण देखिए पनि प्रहरीद्धारा प्रदान गरिने शान्ति, सुरक्षा तथा नागरिक सेवामा कुनैपनि कमिकमजोरी हुन नदिन आफुहरु लागि परेकोउनले बताए ।
संक्रमित प्रहरीहरुलाई होम आइसोलेसनमा पायक पर्नेलाई होम आइसोलेसन र पायक नपर्नेहरुलाई चन्द्रपुर – २ मा रहेको अस्थायी कोरोना अस्पतालमा पठाउने तयारी गरिएको छ । सो कार्यालयमा कार्यरत अन्य प्रहरीहरुको पनि कन्ट्याक ट्रेसिङ्गको आधारमा स्वाव परिक्षण गरिने बताइएको छ ।
शाहीले आफुलाई संक्रमण पुष्टि भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,“सभ्य र सुरक्षित समाज निर्माण गर्ने दायित्व हामी सबैको हो ।तर्सथ यस्तो संबेदनसिल अवस्थामा हामी सबै सचेत र सजग रहन जरुरी छ।समाजमा घट्ने विभिन्न अपराधीक क्रियाकलापका नाममा हुने विभिन्न विकृति -विसंगति ,हुल-हुज्जत ,अनावश्यक भेला जम्मा जस्ता क्रियाकलापहरुले झन रोगको अवस्था भयावह बन्दै गईरहेको यथार्थता हाम्रा अगाडि छर्लङ्ग छ ।
तर्सथ स्वास्थ्य समाज निर्माणका लागि हामी सबैको ऐक्यबद्धता हुन जरुरी छ । म लगायत यस ई .प्र.का. का २० जना मेरा सहकर्मी प्रहरी साथीहरू (covid-19) बाट संक्रमित भएका छौ ।हामीलाई विश्वास छ ,धर्यता ,आत्मविश्वास र स्वास्थ्य सतर्कता प्रति सचेत रहदै निको भई यही समाजको शान्ति सुरक्षाका लागि यहाहरुको सेवामा छिटै फर्कने छौ । जय नेपाल ।।।”
यो समाचार रौतहटका सञ्चारकर्मी अनमोल कार्कीको सहयोगमा तपार पारिएको हो ।