धादिङकेन्द्रविन्दु भएर ४ म्याग्निट्युडको भूकम्प
काठमाडौं । राजधानी काठमाडौंसँगै जोडिएको धादिङ जिल्ला केन्द्रविन्दु भएर बुधवार दिउँसो ४.० म्याग्निट्युडको भूकम्पको धक्का महसूस गरिएको छ ।
बुधवार दिउँसो ३ः४८ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको राष्ट्रिय भूकम्पीय केन्द्रले जनाएको छ ।
जिल्लाको निलकण्ठ क्षेत्रमा धक्का महसूस भएको केन्द्रले जनाएको छ ।