घुस रकमसहित खानेपानी संस्थानका सहायक प्रशासक पक्राउ
२५ भाद्र २०७७, बिहीबार १३:०४
काठमाडौं । २५ हजार घुस रकमसहित खानेपानी संस्थान पोखराका सहायक प्रशासक कृष्णहरी वाग्ले पक्राउ परेका छन् ।
पोखरास्थित आशा मःमः रेष्टुरेन्टमा लेनदेन गर्दै गर्दा उनलाई अख्तियार पोखराको टोलीले पक्राउ गरेको हो ।











