महालक्ष्मीमा ४५ जनाद्वारा रक्तदान
मकवानपुर । महालक्ष्मी विकास बैंकले आफ्नो स्थापनाको ३२ औं वार्षिकोत्सवको अवसरमा हेटौंडा स्थित बैंक परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी मकवानपुरको समन्वय र सहकार्यमा कार्यक्रम भएको हो । २०५२ सालमा स्थापित यस बैंकले नेपालमा १ सय ३ शाखाबाट करीब ८ लाख सेवाग्राहीलाई वित्तीय सेवा पुर्याईरहेको छ । महालक्ष्मी विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो ।










