झापामा ५ म्याग्नेच्युडको भूकम्प
२६ भाद्र २०७७, शुक्रबार १२:१०
काठमाडौं । शुक्रबार बिहान झापामा ५ म्याग्नेच्युडको भूकम्प गएको छ ।
बाहुनडाँगीको नेपाल–भारत सीमा क्षेत्रमा बिहान साढे ९ बजे भूकम्प गएको हो ।
भूकम्पका कारण ठूलो क्षति भएको विवरण भने आइसकेको छैन ।











