राक्सिराङ गाउँपालिका कार्यालय र चैनपुर सिल

मकवानपुर । राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुर क्षेत्र सिल गरिएको छ । गाउँपालिकाले कोरोना संक्रमण समुदायस्तरमै फैलन शुरू गरेको भन्दै जोखिम नियन्त्रणका लागि शुक्रबारदेखि असोज २ गतेसम्मका लागि गाउँपालिका कार्यालय र चैनपुर क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी सूचनामा असोज २ गतेसम्म अत्यावश्यक र विद्युतीय माध्यमबाट प्रदान गरिने बाहेकका सेवा बन्द रहने जनाइएको छ । भने असोज २ गतेसम्म बैंक तथा वित्तीय संस्था, संघसंस्था, पसल र होटल बन्द गर्न भनिएको छ ।
राक्सिराङ गाउँपालिकामा विहिबार ६ जनामा कोरोना संक्रमण देखिएको थियोे ।