कोरोना संक्रमण देखिएपछि लोथर बजार सिल
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका– ६ लोथर बजार सिल गरिएको छ । लोथरका केही व्यवसायीमा कोरोना संक्रमण देखिएपछि लोथर बजार ७ दिनका लागि सिल गरिएको हो ।
मनहरी गाँउपालिका –६ स्तरीय विपद व्यवस्थापन समितिको शनिबार बसेको बैठकले आइतबार (आज)देखि असोज ३ गतेसम्मका लागि लोथर बजार र आसपासको क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
सिल गरिएको क्षेत्रमा घरबाहिर ननिस्कन, भिडभाड नगर्न, होटल लगायत कुनै पनि व्यवसाय संचालन नगर्न भनिएको छ ।