कोरोना संक्रमणका कारण ७० वर्षीय वृद्धको मृत्यु

कास्की । पोखरामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिकाका ७० वर्षीय वृद्ध रहेका छन् ।
मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
ती वृद्धमा २८ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमित पुरुषको निधन
योसँगै प्रदेशमा मृतकको संख्या ३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।