मादक पदार्थ सेवनकर्ताको उद्दारमा सिआन

हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १७:४४
;

मकवानपुर । सिआन पुर्नस्थापना केन्द्र हेटौंडा र इलाका प्रहरी कार्यालय नेवारपानिको पहलमा एक जना मादक पदार्थ सेवनकर्ताको उद्दार गरीएको छ । हेटौंडा–१९ बस्तिपुरबाट अत्याधिक मादक पदार्थ सेवन गरी अचेत अवस्थामा रहेका उनको सिआन र प्रहरीको सहयोमा आज उद्दार गरीएको हो ।

हेटौंडा–१९ बस्तिपुर घर भएका ५२ वर्षीय भगवान भण्डारीलाई प्रहरी नायब निरिक्षक तारा भट्टराईको कमाण्डमा खटिएको प्रहरीसहितको टोलिले उद्दार गरेको सिआनका प्रवन्ध निर्देशक सौजन डिसीले बताए ।

उद्दार गरिएका भण्डारीलाई हाल हेटौंडा–९ लामसुरेमा रहेको सिआनको कार्यालयमा राखिएको छ । उनको स्वास्थ्य चेक जाँच तथा सरसफाईको काम भइरहेको सिआनले जनाएको छ ।

विगत देखि नै मादक पदार्थ सेवन गर्ने गरेका भण्डारीमा फिर्ता लक्षण देखिएको र खुट्टामा पनि चोट रहेको डिसीले बताए । परीवारबाटै अपहेलित भएका भण्डारीले वितेको २ दिन भोक भोकै सडक पेटीमा नै विताएको बताइएको छ ।

लागुऔषध प्रयोगकर्ताको क्षेत्रमा काम गर्दै आएको सिआनले भण्डारीको उपचारका लागि सहयोगको अपिल समेत गरेको छ । भण्डारी जस्ता धेरै मानिसहरुको चोक चोकमा भेटिन सक्ने भएकाले उनीहरुको उद्दार तथा उपचारका लागि सबै नागरिकहरुले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्न पनि आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*