नेइमारमाथि दुई खेलको प्रतिबन्ध

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १२:२६
;

काठमाडौं । फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ ।

गत आइतबार मार्सेलीविरुद्धको खेलमा झगडामा उत्रिएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको हो ।

दोस्रो हाफको इन्जुरी टाइममा दुवै टिमका खेलाडीबीच झगडा भएको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड दिइएको थियो ।

सुरुमा चार खेलाडीलाई रातो कार्ड दिँदा नेइमारलाई भारमार्फत रिप्ले हेरेपछि कार्ड दिइएको थियो ।

नेइमारले पछि सामाजिक सञ्जालमार्फत गोन्जालेजले रंगभेद गरेको आरोप लगाएका थिए । रंगभेदको विषयमा लिग वानले छानविन गर्ने जनाएको छ ।

नेइमारले लगाएको आरोप गोन्जालेजले अस्वीकार गर्दै आएका छन् ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*