कोरोना संक्रमाणका कारण थप ७ जनाको मृत्यु, मृतकको संख्या ३ सय ९० पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा विभिन्न जिल्ला गरी ७ जनाको मृत्यु भएको हो ।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।
मृत्यु हुनेमा मोरङका २ जना ६६/६६ वर्षीय पुरुष, काठमाडौँकी ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीय महिला र नवलपरासीका ३१ वर्षीय पुरुष रहेका छन् ।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ पुगेका छन् ।