बागमतीको भट्टेडाँडामा पहिरो, ३ सवारी पुरिए

८ आश्विन २०७७, बिहीबार १२:४४

मकवानपुर । ललितपुरको बागमती गाउँपालिकाको भट्टेडाँडामा पहिरो खस्दा ३ वटा सवारी पुरिएका छन् । कान्तिलोकपथ अन्तर्गत पर्ने ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाडाँमा पहिरो खस्दा २ वटा टिपर र एक मोटरसाइकल पुरिएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राई का अनुसार पहिरोमा पुरिएर पाँच जना घाइते भएका छन् ।
प्रहरी टोली उद्धार कार्यमा खटिएको र बाटो नभएका कारण घाइतेको उद्धार गर्न समस्या भएको जनाइएको छ । घाइतेको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको उनले बताए ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।