कोरोनाका कारण थप १७ जनाको मृत्यु, मृतकको संख्या ४ सय ५३ पुग्यो

हेटौडा न्युज
८ आश्विन २०७७, बिहीबार १६:४२
;

काठमाडौं । कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १७ जनाको मृत्यु भएको हो ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

देशभरका ५ महिला र १२ जना पुरुष सहित १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६५ प्रतिशत हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*