५१ हजारबढीले जिते कोरोना, कुन प्रदेशमा कति ?

हेटौडा न्युज
९ आश्विन २०७७, शुक्रबार १६:३६
;

काठमाडौं । नेपालमा एकैदिन १ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५ जना कोरोना जितेर डिष्चार्ज भएका हुन ।

यो सँगै नेपालमा कोरोना जित्नेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

मन्त्रालयका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ४ हजार ७ सय १७, प्रदेश २ मा १२ हजार ८ सय ७३, बागमती प्रदेशमा १३ हजार ९ सय १६, गण्डकी प्रदेशमा ३ हजार २४, प्रदेश ५ मा ८ हजार ७३, कर्णाली प्रदेशमा २ हजार ८ सय १८ र सुदुरपश्चिम प्रदेशमा ६ हजार ४ सय ४५ जना रहेका छन् ।

हालसम्म डिष्चार्ज हुनेको संख्या ७३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*