अनशनरत डा. केसीको पक्षमा प्रदर्शन

काठमाडौं । अनसनरत डा. गोविन्द केसीका समर्थहरुले काठामाडैंको माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । स्वास्थ्य सेवा सुधारको माग राख्दै १९ औँ पटक अनशन बसेका डा. केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले बोकेको प्रधानमन्त्री ओलीको तस्वीर अंकित पोस्टरमा ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको थियो ।
१३ दिनअघि जुम्लाबाट अनसन सुरु गरेका डा. केसी अहिले काठमाडौंमा छन् । उनको अनसन निरन्तर जारी छ ।