गोरू काटेर खाएको आरोपमा तीन जना पक्राउ

झापा । गोरू काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन् ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ।
यसैगरी, उनीहरूले गाडेको गोरूको टाउको र खुट्टा समेत फेला परेको छ । पक्राउ परेकामाथि कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।