कोरोना संक्रमणबाट मकवानपुरका एकसहित ८ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।
सात वटा जिल्लाका आठ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुने सबै पुरुष हुन् ।
सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६५ प्रतिशत छ ।