हेटौंडाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । हेटौंडाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा हेटौंडाका थप ६ जनामा कोरोना पुष्टि भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईका अनुसार संक्रमण पुष्टि हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् ।
यस्तो छ संक्रमितहरुको विवरण:
हेटौंडा– ११ का ४ जना (२१,२३,३३ वर्षीया महिला र २३ वर्षीय पुरुष)
हेटौंडा–१६ का २ जना (२३ र ३३ वर्षीय पुरुष)