३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेटौडा न्युज
१२ आश्विन २०७७, सोमबार १४:४६
;

मोरङ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार धरान २ की ३८ वर्षीया महिलाको सोमबार विहान पौने ६ बजे मृत्यु भएको हो ।

ती महिलालाई आइतबार राति प्रतिष्ठानको इमरजेन्सीमा भर्ना गरिएको थियो ।

बिरामीमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएको थियो ।

यससंगै हालसम्म वीपी प्रतिष्ठानमा ३५ जना संक्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*