मिर्गौला फेल भएका कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
१२ आश्विन २०७७, सोमबार १५:२७
;

काठमाडौं । मिर्गौला फेल भई डायलाइसिस गराइरहेका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ७ का ५५ वर्षीय पुरुष रहेका छन् । भरतपुर अस्पतालमा उपचाररत उनको सोमबार दिउँसो मृत्यु भएको हो ।

खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज ७ गते अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि उनलाई असोज ८ गते कोभिड आइसियुमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

उनमा असोज ७ गते नै ती व्यक्तिमा कोरोना पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*