५५ हजारबढीले जिते कोरोना, कुन प्रदेशमा कतिले जिते कोरोना ?

काठमाडौं । नेपालमा थप ७ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना जित्नेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।
स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ५ हजार ७०, प्रदेश २ मा १३ हजार ५ सय ६३, बागमती प्रदेशमा १५ हजार ३ सय ११, गण्डकी प्रदेशमा ३ हजार २ सय ९३, प्रदेश ५ मा ८ सय ५ सय ७१, कर्णाली प्रदेशमा २ हजार ८ सय ६५ र सुदुरपश्चिम प्रदेशमा ६ हजार ६ सय ९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७२. ६ प्रतिशत हो ।