दलित महिलालाई बलात्कार गरेको आरोपमा वडासचिव पक्राउ

जनकपुरधाम । दलित महिलालाई बलात्कार गरेको आरोपमा वडासचिव पक्राउ परेका छन् ।
भंगहा नगरपालिका–९ का सचिव मिथिलेश यादवलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सोही वडाकी एकजना दलित महिलाले जबरजस्ती करणी गरेको मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रमुख, एसपी टिकाबहादुर केसीले बताए ।
महिलाको मेडिकल जाँच गराउने र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।