‘टन्सिलले बिगारेको मुटु’ नामक पुस्तक लोकापर्ण

हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार १६:४२
;

मकवानपुर । बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मीद्वारा लिखित ‘टन्सिलले बिगारेको मुटु’ नामक पुस्तक बिहिबार एक कार्यक्रमकाबिच लोकापर्ण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुस्तकको लोकापर्ण गरेका हुन् ।

डाक्टर रेग्मीले पुस्तकमा बाथ– मुटुरोग रोकथामका संङ्घर्ष र अनुभूतिबारे उल्लेख गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले डाक्टर रेग्मीले आफ्ना अनुभवसहितका स्वास्थ्य सचेतनामुलक पुस्तक लेखेकोप्रति आभार प्रकट गरे । उनले सो पुस्तकमा टन्सिल र मुटुरोगका लक्षण, बच्ने उपाय, उपचार विधिसमेत उल्लेख भएकोले सबैले एकपटक सो पुस्तक अध्ययन गर्नुपर्ने बताए ।

पुस्तक लोकापर्ण कार्यक्रममा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव डाक्टर मानबहादुर बिके, स्वास्थ्य सचिव दीपक काफ्ले, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारी, मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाल, हृदय रोग निवारण प्रतिष्ठानका मकवानपुर अध्यक्ष हरिवंश भेटवाल लगायतको उपस्थिति रहेको थियो ।

रेग्मीको यसअघि उच्च रक्तचाप, नेपालमा बाथज्वरो र बाथ मुटुको रोग, मेरो मुटु दुख्छ, समपर्णको जीवन, योग र मुटुरोग, मुटुका रोगहरुको रोकथाम र नियन्त्रण, सोभियत संङ्घको सम्झाना, जीवनशैली परिवर्तनलगायतका एक दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

रेग्मी ३३ बर्षदेखि समाजमा हरेक वर्ग र समुदायमा मुटुरोगीहरुको उपचार एवं मुटुरोगको रोकथाममा क्रियाशील छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*