हेटौंडाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि (विवरणसहित)

हेटौडा न्युज
१६ आश्विन २०७७, शुक्रबार १७:५८
;

मकवानपुर । हेटौंडाका थप ९ जनामा कोरोना पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा गरिएको परिक्षणमा हेटौंडाका थप ९ जनामा कोरोना पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार ४ जना पुरुष र ५ जना महिला गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।

असोज १५ गते संकलन गरिएको स्वाबको आज सार्वजनिक गरिएको हो ।

संक्रमितहरुको विवरणः
हेटौंडा–४ का १ जना (१५ वर्षीया बालिका)
हेटौंडा–५ का १ जना (३२ वर्षीय पुरुष)
हेटौंडा–९ का ५ जना (२९, ५४ वषीृया महिला र २५, ४९, ६५ वर्षीय पुरुष)
हेटौंडा–१० का १ जना (२० वर्षीया महिला)
हेटौंडा–१३ का १ जना ( २३ वर्षीय पुरुष)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*