हेटौंडामा नुन बेच्न साल्ट ट्रेडिङको सुपथ मुल्य पसल

मकवानपुर । मकवानपुरमा सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । हेटौंडाको चन्दन मिनि मार्केटमा नेपालीहरुको महान चार्ड दशैं तिहारलाई लक्षित गरी सुपथ मुल्य पसल संचालनमा ल्याइने भएको हो ।
साल्टे ट्रेडिङ कर्पोरेशनले भोलि आइतबारबाट पसल सञ्चालनमा ल्याउन लागेको सुपथ मुल्यको पसलमा नुन र चिनी मात्र विक्री गर्ने जनाइएको छ । उक्त पसलमा बिक्रीका लागि चिनी प्राप्त नभएकोले भोलीबाट नुन मात्र विक्री गरिने सालट ट्रेडिङ कर्पोरेशन हेटौंडाका प्रमुख शैलेश पाण्डेले बताए । उनले भने वीरगञ्जबाट हाल सम्म चिनी प्राप्त भएको छैन् । एक साता भित्र चिनी आउन सक्ने सम्भावना रहेको उनले बताए ।
सर्वसाधारणले पसलबाट एक पटकमा ४ नुन र ४ किलो चिनी खरिद गर्न सक्ने छन् । पसलमा नुन प्रतिकिलो १८ रुपैयाँको दरले र चिनी प्रतिकिलो ७० रुपैयाँको दरले बिक्रि गरिने जनाइएको छ ।
यस अघिका वर्षहरुमा पसलबाट नुन, चिनी, मैदा, पिठो लगायतका खाद्यान्नका सामग्री विक्री गर्ने गरिएको थियो । कोरोनाका कारण अन्य खाद्यान्नहरु विक्रीका लागि राख्न नसकीएको साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाले जनाएको छ ।
भोलीबाट संचालनमा आउन लागेको पसल आगामी मंसिर ६ गतेसम्म पसल विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालनमा रहने छ ।