सिआनको भवनको शिलान्यास

मकवानपुर । सिआन पुनःस्थापना केन्द्रको भवनको शिलान्यास गरिएको छ । गत कात्तिक १० गते परम्परागत रुपमा भवनको जग पुजा गरेर शिलान्यास गरिएको हो ।
हेटौंडा–९ लाम्सुरे हाइटमा भवन निमार्ण कार्य शुरु गरिएको हो । आगामी वर्ष भित्र ७० जनाको क्षमता रहने भवन निमार्ण सम्पन्न गर्ने उद्देश्यका साथ भवनको शिलान्यास गरिएको सिआन पुनःस्थापना केन्द्रका संचालक सौजन डिसीले बताए ।
लागु औषध प्रयोगकर्ताको उपचार तथा परामर्शको क्षेत्रमा रहेर काम गर्दै आएको सो संस्था हाल हेटौंडा–९ मा घर भाडामा लिएर संचालनमा रहेको छ ।
भवन निर्माणका लागि महेन्द्र क्षेत्रीले ४ कठ्ठा जग्गा अनिश्चित समयसम्म उपभोगका लागि उपलब्ध गराए पछि भवन निर्माण कार्य सुरु गरिएको डिसीले बताए । डिसीका अनुसार भवन निर्माणको सम्पुर्ण खर्चसमेत उनै क्षेत्रीले व्यहोर्ने छन् ।