कंगनालाई प्रहरीमा उपस्थित हुन आदेश

हेटौडा न्युज
९ मंसिर २०७७, मंगलवार १७:२३
;

काठमाडौं । अदालतले बलिउड अभिनेत्री कंगना रनौतविरुद्धको एफआइएर रद्द गर्न इन्कार गरेको छ । बम्बे हाईकोर्टले अभिनेत्री कंगनाविरुद्धको एफआइएर रद्द गर्न इन्कार गरेको हो ।

राज्यद्रोहको मुद्धामा अदालत पुगेकी कंगना र उनकी दिदी रंगोलीलाई अदालतले ८ जनवरीमा प्रहरीमा उपस्थित हुन आदेश गरेको छ ।

अदालतले उनीहरुलाई पक्राउ नगर्न आदेश दिएपछि उनीहरुलाई केही राहत मिलेको छ।

कंगनालाई ८ जनावरीको दिउसो १२ देखि २ बजेसम्म बान्द्रा पुलिस स्टेशनमा उपस्थित हुन आदेश दिइएको हो ।

मुम्बई प्रहरीले बयानका लागि कंगना र रंगोलीलाई बोलाएको थियो । कंगना र उनकी बहिनीले मुम्बई पुलिसले आफूहरुविरुद्ध दर्ता गरेको उजुरी रद्द गर्नुपर्ने मागसहित अदालतमा रिट हालेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*