प्रधानमन्त्री ओलीले टिकटकमा

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमा खाता खोलेका छन् । लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमा प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो ।
सो खाता भेरिफाइड समेत भइसकेको छ । उनले टिकटकमा राखेको भिडियोलाई भाइरल भएको छ ।
सो भिडियो अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरीसकेका छन् । त्यो भिडियोलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएको छ ।
सो खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलो गरेका छन् ।