अक्षयकुमार र धनुषसँग साराको ‘अतरंगी रे’

मुम्बई । आनन्द एल रायको चलचित्र ‘अतरंगी रे’ को सुटिङ फेरि सुरु गरिएको छ । चलचित्र ‘अतरंगी रे’मा अभिनेता अक्षयकुमार र धनुषसँग अभिनेत्री सारा अली खान देखिने भएका छन् ।
सारा यस फिल्ममार्फत पहिलोपटक अक्षयकुमार र धनुषसँगै पर्दामा देखिँदैछिन् ।
साराले गत वर्ष साइन गरेको यो फिल्मको सुटिङ कोरोना महामारीका कारण रोकिएको थियो । हालै एक अन्तर्वार्तामा उनले छायाँकन अनुभव शेयर गर्दै यो समय फिल्मको छायाँकन मुस्किल विषय भएको समेत बताएकी छन् ।
फिल्मको पहिलो चरणको सुटिङ वाराणसीबाट सुरु गरिएको हो ।
गत मार्चमा कोरोनाको कारण लगाइएको लकडाउनले सुटिङ रोकिएको थियो । त्यसपछि निर्माण युनिटले अक्टुवरमा चेन्नईमा फिल्मको सुटिङ गरेको थियो ।