अवैध औषधिसहित ८ जना प्रकाउ

हेटौडा न्युज
१ पुष २०७७, बुधबार १५:४६
;

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध औषधिसहित ८ जनालाई पक्राउ गरेको छ । ना ४ ख ४४२५ नंको गाडीमा ठोरीबाट माडीतर्फ ल्याउँदै गरिएको अवैध औषधिसहित उनीहरुलाई माडी नगरपालिका–९ सोमेश्वरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महतो, सोही नपा वडा नं ३ का ३१ वर्षीय हरिशरण चौधरी, माडी नगरपालिका–३ का २२ वर्षीय बालकृष्ण महतो र मिलन महतो, मकवानपुरगढी गाउँपालिका–८ का २५ वर्षीय सुरज गौतम, सोही गापा वडा नं ३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका–५ का २५ वर्षीय उज्वल पोख्रेल र २३ वर्षीय बिपिन सापकोटा रहेका छन् ।

प्रहरीका अनुसार अनुमानित रु २१ लाख १० हजार ५ सय ३२ रकम बराबरको अ‍ैषधि बरामद भएको गरिएको छ ।

माडीमा नै बेवारिसे अवस्थामा रु नौ लाख ९५ हजार १ सय बराबरको औषधि बरामद भएको छ । वगही खोलाको किनारको झाडीमा बेवारिसे अवस्थामा औषधि भेटिएको प्रहरीले जनाएको छ ।

औषधि व्यवस्था विभागबाट बिक्री वितरणका लागि अनुमति नपाएका औषधिहरु लुकाएर ल्याउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

गैरकानूनीरुपमा औषधि नेपाल भित्र्याउने उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाइने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*