ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना पक्राउ

हेटौडा न्युज
८ पुष २०७७, बुधबार १७:५१
;

सुर्खेत । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्न खोज्दा आर्थिक प्रलोभन देखाउन खोज्ने ६ जनालाई पक्राउ गरिएको हो ।

ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यको नेतृत्वमा भेरीगङ्गा नगरपालिका १३ भेरी पुलको सडक खण्डमा जाँच गर्ने क्रममा उनीहरुलाई प्रक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कैलालीका विवेक सिंह, अर्घाखाँचीका कलम पुन, चितवनका कृष्णबहादुर नेपाली, बाँकेका सुनील विश्वकर्मा, प्रमोद विक, सुर्खेतका कमल रजा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*