डेढ करोड रकमसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौंबाट करिव एक करोड पचास लाख रकमसहित २ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको थानकोटबाट सो रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।
सोमबार बिहान थानकोटबाट एक करोड ४७ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रकमको स्रोत भने खुल्न सकेको छैन् । प्रहरीका अनुसार रकम कहाँ के–का लागि लगिदै थियो भन्ने बारे अनुसन्धान भइरहेको जनाएको छ ।
घटनाबारे थप जानकारी दिन काठमाडौँ प्रहरी परिषरले सोमबार पत्रकार सम्मेलन गर्ने जनाएको छ ।