कोरोनाविरुद्धको भ्याक्सिन लगाएका १३ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिनका कारण १३ जनाको मृत्यु भएको छ । नर्वेमा कोरोना महामारीबाट बच्नको लागि लगाएको भ्याक्सिनका कारण १३ जनाको निधन भएको हो ।
कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘फाइजर’ लगाएका नर्वेका १३ जनाको मृत्यु भएको जनाइएको छ ।
अहिलेसम्म देशमा ३३ हजार मानिसले कोरोनाविरुद्धको भ्याक्सिन लगाएको र भ्याक्सिन लगाएका १३ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
त्यस्तै अेहिलेसम्म २९ जनामा कोरोनाको साइड इफेक्ट देखिएको जनाइएको छ ।