टिकटक सबैभन्दा लोकप्रिय एप

हेटौडा न्युज
४ माघ २०७७, आईतवार १६:१४
;

काठमाडौं । टिकटक सबैभन्दा लोकप्रिय एप बनेको छ । फेसबुकलाई पछि पार्दै टिकटक सबैभन्दा लोकप्रिय एप बनेको हो ।

मोबाइल एप इन्टिलिजेन्स एजेन्सी एप एन्नीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२० मा सामाजिक सञ्जाल फेसबुकमा भन्दा भिडियो प्लेटफर्म टिकटकमा प्रयोगतर्काले बढी समय बिताएका छन् ।

उक्त प्रतिवेदन अनुसार कम्पनीको रुपमा फेसबुककै वर्चस्व भएतापनि सिंगल एपको रुपमा टिकटक धेरै अघि रहेको छ ।

एप एन्नीले सार्वजनिक गरेको उत्कृष्ट पाँच एपमा प्रयोगकर्ताले सबैभन्दा बढी समय बिताउने एपको रुपमा फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप सबै समावेश रहेका छन् । तर, फेसबुकसँगमात्रै दाँज्ने हो भने टिकटक धेरै अघि रहेको छ ।

हाल टिकटकका सक्रिय प्रयोगकर्ता विश्वमा १.२ विलियन अर्थात १ अर्ब २० करोड रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*