अभिनेता वरुण-नताशाको विवाह आज

काठमाडौं । बलिउड अभिनेता वरुण धवन विवाह बन्धनमा बाधिदै छन् । वरुणको विवाह आज फेशन डिजाइनर नताशा दलालसंग हुँदैछ ।
हिन्दु परम्परा अनुसार उनीहरु अलीबागको द मेन्शन रिसोर्टमा विवाह गर्दै छन् । परिवार र नजिकका साथीहरूको उपस्थितिमा वरुण र नताशा विवाह बन्धनमा बाँधिने जनाइएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार विवाह सुरुमा मे २०२० को लागि योजना गरिएको थियो तर कोभिड–१९ महामारीको कारणले यसलाई २०२१ मा धकेलियो ।
स्रोतका अनुसार नताशाले वरुणको प्रेम प्रस्ताव ३÷४ पटक अस्विकार गरेकी थिइन् ।