द कपिल शर्मा शो बन्द हुने

हेटौडा न्युज
१२ माघ २०७७, सोमबार १०:५९
;

भारतीय टेलिभिजन कार्यक्रम द कपिल शर्मा शो बन्द हुन लागेको छ । सोनी टिभीबाट प्रशारण हुँदै आएको कार्यक्रम द कपिल शर्मा शो केहि समय बन्द हुने भएको हो ।

कार्यक्रमको यो सीजन मात्र अफ एयर हुन लागेको जनाइएको छ । यसको आधिकारिक घोषणा भने छिट्टै हुने जनाइएको छ ।

कार्यक्रम फरक शैलीमा प्रसतुत गर्ने गरी नयाँ सीजन ल्याउने तयारी भइरहेको जनाइएको छ ।

लकडाउन शुरू भएपछि केही समय शो बन्द भएको थियो तर पछि दर्शक नराखिकन शोलाई निरन्तरता दिइयो ।

त्यसो हुँदा पनि शोको लोकप्रियता कम भएको छैन । प्रशंसकहरूले शोलाई धेरै सपोर्ट गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*