अल्लु र रश्मिकाको ‘पुष्पा’को प्रदर्शन अगस्ट १३ मा

हेटौडा न्युज
१५ माघ २०७७, बिहीबार १६:३१
;

काठमाडौं । भारतीय चलचित्र ‘पुष्पा’को प्रदर्शन मिति तय भएको छ । दक्षिण भारतीय चलचित्रका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको चलचित्र ‘पुष्पा’ले प्रदर्शन मिति तय गरेको हो ।

मैथरी मुभि मेकर र मुत्तमसेट्टी मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टर सार्वजनिक गर्दै अगस्ट १३ लाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुने चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् ।

अल्लुको चलचित्र पहिलो पटक धेरै भाषामा एकै साथ प्रदर्शन हुन लागेको हो । चलचित्र तेलुगु, तमिल, हिन्दी, कन्नड र मल्यालम गरी पाँच भाषामा रिलिज हुनेछ ।

चलचित्रमा अल्लु अर्जुन र निर्देशक सुकुमारले तेस्रो पटक सहकार्य गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*