चलचित्र ‘सत्यम’ मा पल

काठमाडौँ । चलचित्र ‘सत्यम’ मा पल साह अनुबन्धित भएका छन् । अभिनेता राजेश हमालले अभिनय गर्ने नयाँ चलचित्र ‘सत्यम’ को निर्माण पक्ष पललाई अनुबन्ध गरेको हो ।
यसअघि नै राजेश हमाल र अनुपविक्रम शाही फाइनल भएको चलचित्रमा उपासना सिंह ठकुरीको समेत अभिनय रहने चर्चा छ ।
चलचित्रमा शङ्कर कार्कीको निर्देशन रहने छ भने निर्माता रेसम सापकोटा रहेका छन् ।
सापकोटाको लेखन तथा लगानी रहने चलचित्रमा सह–निर्माताको रूपमा श्याम मल्ल र गणेश पौडेल छन् ।
चलचित्रका लागि अन्य कलाकार छनौट प्रक्रिया चलिरहेको छ ।