प्रहरीसँगको मुद्दा मिलाउन रकम माग्ने पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले प्रहरी कार्यालयमा परेको मुद्दामामिला मिलाई दिन रकम माग्नेलाई पक्राऊ गरेको जनाएको छ ।
प्रहरीका अनुसार हिजो साँझ हेटौडा उपमहानगरपालिका वडा नं–१ बस्ने वर्ष ३० का संजोग लामालाई पक्राऊ गरेको जनाएको छ । लामाले लेखनदासको समेत काम गर्छु, प्रहरीसँग जुनसुकै काम गराई दिन सक्छु भन्दै विभिन्न व्यक्तिहरुसँग रकम माग्ने गरेको जनाएको छ ।
लामा माथि आवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।