बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

हेटौडा न्युज
२३ बैशाख २०७८, बिहीबार १४:४८
;

काठमाडौं । गायक तथा संगीतकार प्रेमध्वज प्रधानको आज निधन भएको छ । केहीबेर अघि काठमाडौंस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो ।

कुनै समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै चर्चित गीत अहिले पनि कालजयी रहेका छन् ।

गायक प्रधान भारतीय गायकसँग गीत गाउने पहिलो गायक समेत हुन् । २०२२ सालमा निर्माण भएको माईतिघर चलचित्रमा ‘नमान लाज यस्तरी’ बोलको गीत उनले भारतीय गायिका उषा मङेशकरसँग युगल गायका थिए । गायक प्रधानले करीब ७ सय गीतहरुमा आफ्नो स्वर दिएका छन् । विसं. १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा प्रधानको जन्म भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*