राक्सीराङलाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

हेटौडा न्युज
२६ जेष्ठ २०७८, बुधबार १३:३०
;

मकवानपुर । हिमाल मुटु अस्पताल काठमाडौंले मकवानपुरको पश्चिमी क्षेत्रस्थित विकट राक्सीराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको विशेष पहलमा हिमाल मुटु अस्पतालले राक्सीराङ गाउँपालिकालाई उक्त ५ थान कन्सन्ट्रेटर बुधबार उपलब्ध गराएको हो ।

हिमाल मुटुको सहयोगमा हेटौंडा उपमहानगरपालिका ६ मा निर्माणाधिन सिद्धस्थली रुलर कम्युनिटि अस्पतालको प्राङगणमा उक्त कन्सन्ट्रेटर नेताद्वय डिना र बानियाँले संयुक्तरुपमा राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरेका हुन् ।

हेटौंडा ६ का वडा अध्यक्ष अर्जुन चौलागाईको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हिमाल मुटु अस्पतालकी अध्यक्ष गोमा गौतम, डाक्टर अमन गौतम, सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाई, सचिव दीपक तिवारी, कांग्रेसका महाधिबेशन प्रतिनिधि ईश्वर पण्डित, महिला संघ जिल्ला सचिव निलम देवकोटा, दिव्यतारा बहुउद्देश्यीय सहकारीका व्यवस्थापक रमेश कोइरालालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*