स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को आम्दानी र खर्च सार्वजनिक

हेटौडा न्युज
१६ आश्विन २०७८, शनिबार ११:२३
;

मकवानपुर । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा गतवर्ष सम्पन्न भएको मकवानपुर गोल्डकप तेस्रो संस्करणमा भएको आम्दानी तथा खर्च सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गदै संघले स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ मा भएको आम्दानी तथा खर्च सार्वजनिक गरेको हो । देशका चर्चित १० टिमको सहभागिता रहेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब प्रथम हुँदै नगद र रनिङशिल्ड प्राप्त गर्दा आयोजक मकवानपुर–११ उपविजेता बनेको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट हुन सफल खेलाडी अमिर श्रेष्ठलाई बुलेट बाइक उपहार प्रदान गरिएको थियो । प्रतियोगिता गत वर्ष फागुन २७ देखी चैत ७ सम्म प्रतियोगितामा भएको थियो ।

संघले जिल्लामा रहेको १० वटै पालिका, विभिन्न व्यक्ति तथा संस्था र टिकटबाट ८१ लाख ३७ हजार ६ सय ९२ रुपैयाँ आम्दानी गरेकोमा ६९ लाख ७७ हजार ९ सय २६ रुपैयाँ खर्च गरेको जनाएको छ भने ११ लाख ५९ हजार ७ सय ६६ रुपैयाँ बचत गरेको संघले जनाएको छ । कार्यक्रममा संघका अध्यक्ष टिकाराम लामा, महासचिव युनाल मल्ल, सहिद स्मिृति गोल्डकप प्रतियोगिताका संयोजक प्रताप विष्ट, संघका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*