नेप्से परिसूचक घटेपछि शेयर कारोबार रकम सुस्तायो

हेटौडा न्युज
१८ आश्विन २०७८, सोमबार १५:३८
;

मकवानपुर । साताको पहिलो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि घटेको छ ।

अघिल्लो साता पनि एक दिन बाहेक सबै कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको थियो । सोमबार नेप्से परिसूचक ६ दशमलव ६८ प्रतिशतले घटेर २ हजार ५ सय ७० दशमलव ८१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ यन्डेक्स पनि १ दशमलव २८ प्रतिशतले घटेको छ । कारोबार रकममा पनि गिरावट आएको छ ।

कारोबार रकम ४ अर्ब पनि पुग्न सकेन । ४८ हजार २ सय ३६ वटा कारोबार हुँदा ७६ लाख ५३ हजार २ सय २० कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९ सय ३५ रुपैयाँमा रोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*